भारतमा विपक्षी दलका ६७ जना सांसद निलम्बित


पुस २, नयाँ दिल्ली। राख्दै हंगामा गरेपछि अध्यक्ष ओम विरलाटले ३३ जनालाई सोमबार निलम्बन गरे। निलम्बनमा पर्नेमा कांग्रेस नेता अधीर रञ्जन चौधरी पनि रहेका छन्। यसबाहेक कांग्रेसका जयराम रमेश पनि राज्यसभाबाट निलम्बित भएका छन्। अध्यक्षले हिउँदे अधिवेशनको बाँकी कार्यदिवसका लागि सबै सांसदलाई निलम्बन गरेका हुन्।

सदनमा हंगामा भएपछि सोमबार राज्यसभाका अध्यक्ष जगदीप धनखरले ३४ जना विपक्षी सांसदहरुलाई निलम्बन गरेका छन्। उनीहरुलाई चालू अधिवेशनको बाँकी दिनका लागि निलम्बन गरिएको छ। लोकसभामा केन्द्रीय संसदीय मामिला मन्त्री प्रह्लाद जोशीले विपक्षी सदस्यहरूलाई निलम्बन गर्न माग गरेका थिए। त्यसपछि अध्यक्षले सदस्यहरूलाई निलम्बन गरेका हुन्।

गत शुक्रबार लोकसभामा १४ विपक्षी सांसदलाई निलम्बन गरिएको थियो। योसँगै राज्यसभा र लोकसभा सहित कुल ८१ विपक्षी सांसद निलम्बित भएका छन्। सांसदहरुलाई निलम्बन गरेपछि संसदको बैठक मंगलबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ।

सभामुख ओम बिरलाले सबै सदस्यहरूलाई सदनमा प्लेकार्ड नल्याउन आग्रह गरेका थिए। तर, विपक्षी सांसदहरुले संसदको सुरक्षामा लापरवाही गरेको भन्दै सिट अगाडि लगातार प्लेकार्ड देखाउँदै आएका थिए। लोकसभामा विपक्षी सांसद अब्दुल खालिक, विजय वसन्त र के जयकुमारको मुद्दा विशेषाधिकार समितिमा पठाइएको छ।

कांग्रेस सांसद अधीर रञ्जन चौधरी रकांग्रेस नेता गौरव गोगोईले सरकारले विपक्षी सांसदलाई निलम्बन गरेर आवाज दबाउन खोजेको टिप्पणी गरेका छन्। गोगोइले सरकारले गृहमन्त्री अमित शाहलाई बचाउन चाहेको बताए। चौधरीले भने विगत दुई दिनदेखि निलम्बनमा परेकासांसदको निलम्बन अन्त्य गर्न माग गर्दै आफूहरुले संसदमा सुरक्षा कमजोरीमाथि बहसको माग गरेको प्रतिक्रिया दिएका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?