श्रीलंकामा १५ हजार लागु औषध दुर्व्यसनी पक्राउ
पुस ९, एजेन्सी । श्रीलंकाले लागुऔषध तस्करीविरुद्ध सुरु गरेको अपरेशनमा १५ हजार जनालाई पक्राउ गरेको छ। यस अवधिमा करिब ४ सय ४० केजी लागुऔषध बरामद भएको छ। जसमध्ये २७२ केजी गाँजा, ३५ केजी गाँजा र ९ केजी हेरोइन समावेश छ।
श्रीलंका प्रहरीका अनुसार पक्राउ परेकामध्ये १३ हजार ६६६ ओसारपसारमा संलग्न रहेका छन् भने करिब ११ सय लागुऔषध दुव्र्यसनी छन्। लागुऔषधको लतबाट छुटकारा दिलाउन उनीहरुलार्य सैन्य सुधारकेन्द्रमा पठाइएको छ।
श्रीलंकामा लागुऔषध तस्करहरूलाई नियन्त्रण गर्न यो महिना युक्तिया नामक विशेष अभियान सुरु गरिएको थियो।क्रिसमसलाई ध्यानमा राखेर केही दिनका लागि छापा मार्ने काम रोकिने प्रहरीले जनाएको छ।
तर, मानवअधिकारकर्मी हेजाज हिजबुल्लाहले यो कारबाहीको विरोध गरेको छ। प्रहरीले बिना सर्च वारेन्ट छापा मारेको उनीहरुको आरोप छ। श्रीलंकाली नौसेनाले यसअघि डिसेम्बर २०२२ र अप्रिल २०२३ मा दुई वटा अपरेशनहरू सञ्चालन गरेको थियो।
श्रीलंकामा अहिलेसम्मकै सबैभन्दा ठूलो लागुऔषधको अप्रेसन सन् २०१६ मा गरिएको थियो ।त्यतिबेला प्रहरीले करिब ८ सय केजी कोकिन बरामद गरेको थियो। अहिले सुरु भएको अभियान प्रति सामाजिक सञ्जालमा अभियन्ता अम्बिका सतकुनाथनले प्रमाणका आधारमा खोजी अभियान नभएर गरिब क्षेत्रलाई मात्रै लक्षित गरिएको बताएका छन्।
प्रहरीले साना कारोबारी र लागुऔषध प्रयोगकर्तालाई पक्रन थाले पनि ठूला तस्करसम्म पुग्न नसेका उनको भनाई छ।