प्रधानमन्त्रीका सल्लाहकार गजुरेलको राजीनामा स्वीकृत
पुस १९, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलको राजीनामा स्वीकृत भएको छ। बिहीबार प्रधानमन्त्री कार्यालयले मंसिर २० देखि लागू हुनेगरी गजुरेलको राजीनामा स्वीकृत गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री दाहालले गजुरेललाई गत माघ ९ गते प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेका थिए। प्रधानमन्त्री दाहालले आफ्नो सरसल्लाह र कुरा नसुनेको भन्दै गजुरेलले राजीनामा दिएको बताएका थिए। गजुरेल माओवादी केन्द्रका उपमहासचिब हुन्।