क्यानको वार्षिक क्यालेन्डर सार्वजनिक, झन्डै तीन दर्जन शृंखला खेलाइने


पुस १९, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ। बिहीबार पत्रकार सम्मेलन गर्दैआफ्नो २०२४ को राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलको तालिका सार्वजनिक गरेको हो।

सार्वजनिक तालिकामा नेपालको पुरुष तथा महिला टोली, ‘ए’ टिम तथा उमेर समूहका खेलाडीले विभिन्न प्रतियोगिता रहेको छ । क्यानले ए टिम पहिलो पटक घोषणा गर्न लागेको हो ।

क्यानले यो वर्ष राष्ट्रिय टोलीको पुरुष र महिला तथा यू–१९ टोलीले झन्डै तीन दर्जन शृंखला खेल्ने जनाएको छ ।नेपालले फेब्रुअरी १० देखि १४ सम्म क्यानडासँग तीन खेलको ओडीआई सिरिज खेल्ने तालिका छ ।

२७ फेब्रुअरी ५ मार्चसम्म नामिबिया, नेदरल्यान्ड्स र नेपालबीच त्रिवि मैदानमा त्रिकोणात्मक टी–२० आई सिरिज हुनेछ। १९ मार्च देखी ३० अप्रिलसम्म नेपाल ‘ए’ले आयरल्यान्ड ‘ए’ सँग ५ एकदिवसीय र तीन टी–२० खेल खेल्ने तालिकामा उल्लखे छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?