दक्षिण अफ्रिकाविरुद्धको टेस्टमा भारत ७ विकेटले विजयी


पुस २०, काठमाडौं । दक्षिण अफ्रिकाविरुद्धको टेस्ट क्रिकेट सिरिजमा भारत ७ विकेटले विजयी भएको छ। केप टाउनमा दोस्रो दिनमै सकिएको खेलमा भारतले सहज जित निकाल्दै सिरिज १–१ को बराबरीमा टुंगिएको छ।

दक्षिण अफ्रिका पहिलो पारिमा ५५ रनमा समेटिएको थियो। पहिलो दिननै भारतले पहिलो पारिमा १५३ रन बनाएको थियो। पहिलो पारिमा ९८ रनले पछि परेको दक्षिण अफ्रिकाले दोस्रो पारिमा जम्मा १७६ रन बनाउँदा भारतले ७९ रनको सामान्य लक्ष्य पाएको थियो।

भारतलाई जित दिलाउन यशस्वी जयसवालले २८ रन बनाउँदा विराट कोहली १२ तथा शुभमन गिल १० रनमा आउट भएका थिए। कप्तान रोहित शर्माले नटआउट १७ रन बनाउँदा श्रेयस अय्यर पनि नटआउट ४ रन बनाएर फर्किए।

दक्षिण अफ्रिकाका कागिसो राबडा, नाद्रे बर्गर र मार्को जेनसनले एक एक विकेट लिए। दोस्रो पारिमा दक्षिण अफ्रिकाका एडन मार्करले शतकीय पारि खेलेका थिए। उनले १०६ रन बनाए। यसैगरी डिएन एल्गरले १२ रन बनाउँदा डेडिभ वेलिङघम र मार्को जेनसनले समान ११–११ रन बनाए। अरु कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन असफल रहे।

भारतका जसप्रित बुमराहले सर्वाधिक ६ विकेट लिँदा मुकेश कुमारले २ विकेट लिए। यस्तै मोहमद सिराज र प्रसिद्ध कृष्णले एक–एक विकेट लिए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?