प्राधिकरणका अध्यक्ष खनालको राजीनामा स्वीकृत, कार्यवाहक अध्यक्षको जिम्मेवारी अधिकारीलाई
पुस २४, काठमाडौँ । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको कार्यवाहक अध्यक्षको जिम्मेवारी नवराज अधिकारीलाई दिएको छ।आज बसेको मन्त्रिपरिषद्को बैठकले अध्यक्ष पुरुषोत्तम खनालको राजीनामा स्वीकृत गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्।
रिक्त अध्यक्ष पदमा नियुक्ति लागि सिफारिस गर्न सञ्चार मन्त्रालयको सचिवको संयोजकत्वमा समिति गठनसमेत गरिएको छ ।
अध्यक्ष खनालले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई सम्बोधन गरेर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत राजीनामा दिएका थिए ।