मालदिभ्सका राष्ट्रपति मुइज्जु चीन भ्रमणमा, राष्ट्रपति सीसँग भेटवार्ता


पुस २६, एजेन्सी । मालदिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु चीनको औपचारिक भ्रमणमा रहेका छन्। चिनीयाँ राष्ट्रपति सीजिनपिङको निमन्त्रणामामुइज्जु चीनको पाँच दिने औपचारिक भ्रमणमा निस्किएका हुन् ।

यस अवधिमा उनले धेरै महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर समेत गरेका छन्। दुई देशबीचको सहकार्य बढाउने विषयमा छलफल भएको थियो। मुइज्जुले दुई देशबीचको सामाजिक–आर्थिक सम्बन्ध र द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउन चिनियाँ अधिकारीहरूसँग भेटघाट पनि गरेका छन्।

माल्दिभ्स र चीनबीच २० वटा ठूला सम्झौताहरू आदानप्रदान भएका छन्। सम्झौतामा हस्ताक्षर गर्ने क्रममा उनले बेइजिङको ग्रेट हल अफ द पिपुलमा आयोजित समारोहमा भाग लिएका थिए।

प्रमुख सम्झौताहरूको सूचीमा विपद् जोखिम न्यूनीकरण, मत्स्यपालन, डिजिटल अर्थतन्त्र र बीआरआईलगायत अन्य क्षेत्रहरू समावेश छन्।

एकदिन अघि, मोहम्मद मुइज्जुले चीनको फुजियान प्रान्तमा माल्दिभ्स बिजनेस फोरमलाई सम्बोधन गरेका थिए। यस क्रममा उनले चीनलाई आफ्नो निकटतम सहयोगी भएको बताए। चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) परियोजनाको प्रशंसा गर्दै उनले चीन हाम्रो नजिकको सहयोगी भएको बताए।

चिनियाँ परियोजनाका कारण माल्दिभ्समा पूर्वाधारको विकास भएको छ। उनले चीनबाट बढीभन्दा बढी पर्यटक माल्दिभ्स पुग्न आग्रह गरे। चिनियाँ विदेश मन्त्रालयका अर्का प्रवक्ता वाङ वेनबिनले राष्ट्रपति मुइज्जुले पदभार ग्रहण गरेपछि पहिलो पटक विदेश भ्रमण गरेको बताए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?