एशियन कपमा चीन र ताजकिस्तानले बराबरी खेले
पुस २९, काठमाडौं । एफसी एशियन कप फुटबलमा चीन र ताजकिस्तानले बराबरी खेलेका छन्। कतारमा जारी प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा समूह एमा रहेको चीन र ताजकिस्तानले गोलरहित बराबरी खेलेका हुन्।
चीनविरुद्ध ताजकिस्तानले बल पोसेसन बढी राखे पनि गोल गर्न भने असफल भयो। ८२ औं मिनेटमा चीनका लागि झू चेनले गोल गरे पनि भारले चेक गरेर अफसाइड घोषणा गरे पछि त्यसले मान्यता पाएन। बराबरीसँगै दुवै टिमले तालिकामा एक एक अंक लिएका छन्।
समूह एमा घरेलु टोली कतार स्पष्ट ३ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहँदा चीन र ताजकिस्तान एक एक अंकका साथ दोस्रो र तेस्रो स्थानमा छन्। लेबनानले भने खाता खोल्न सकेको छैन।