पीएसजीलाई ८ अंकको अग्रता
माघ १, काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेइन पीएसजीले शीर्ष स्थानमा अग्रता बलियो बनाएको छ।
आइतबा राति भएको खेलमा लेन्सलाई २–० गोल अन्तरले पराजित गर्दै ३ अंक थपेपछि पीएसजीको अग्रता ८ भएको छ। पीएसजी ४३ अंकका साथ शीर्ष स्थानमा रहँदा दोस्रो स्थानमा रहेको नाइस ३५ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ। पीएसजीसँग पराजित भएको लेन्स भने २८ अंकका साथ आठौं स्थानमा छ।
आइतबार राति लेन्सविरुद्ध पीएसजीलाई जिताउन ब्राड्ले बारकोला र केलियन एम्बाप्पेले एक एक गोल गरे। खेलको सातौं मिनेटमा लेन्सका प्रेजेमिस्लाव फ्राकोस्कीले प्रहार गरेको पेनाल्टी खेर गएपछि अग्रता बनाउन असफल भयो।
त्यसपछि लय गुमाएको लेन्सविरुद्ध ३० औं मिनेटमा एम्बाप्पेको पासमा बारकोलाले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए दिलाए। पहिलो हाफको अतिरक्त तेस्रो मिनेटमा लेन्सका जोनाड ग्राडिट रातो कार्ड पाउँदै मैदान छाडेपछि १० खेलाडीले दोस्रो हाफ पुरै खेल्नु परेको थियो। त्यसको भरपुर फाइदा पीएसजीले उठाउन भने असफल भयो।
१० खेलाडीविरुद्ध हावी हुन नसके पनि ८९ औं मिनेटमा एम्बाप्पेले ओस्मन डेम्बेलेको पासमा गोल गरेपछि पीएसजी २–० को जित निकाल्न सफल भयो।
फ्रेन्च लिग वानकै अर्को खेलमा ली हाभ्रैले लियोनलाई ३–१ गोल अन्तरले पराजित गरेको थियो। यो खेलमा लियोनका २ खेलाडी रातो कार्ड पाउँदै मैदान छाडेका थिए। ३० औं मिनेटमा ज्याक ओब्रियन र ९० औं मिनेटमा डिउज एलेटा कारले रातो कार्ड पाएका थिए।
गौटियर लोरिसले १८ औं मिनेटमा गोल गर्दै हाभ्रेलाई अग्रता दिलाएका थिए। ५० औं मिनेटमा इमानुयल साबीले ५० औं मिनेटमा अग्रता दोब्बर बनाए। लियोनका एलेक्जेन्डर लाकाजेटीले ५४ औं मिनेटमा गोल गर्दै अन्तर २–१ मा झारेका थिए।
६२ औं मिनेटमा क्रिष्टोफर ओपेरीले गोल गरेपछि ३–१ को जित निकाल्न सफल भयो। तालिकामा ली हाभ्रे ११ औं तथा लियोन १६ औं स्थानमा छन्। यसैगरी ब्रेस्टले मोन्टपिलरलाई २–० गोल अन्तरले पराजित गर्दा टोसुलोले मेट्जमाथि १–० को जित निकालको छ। यसैगरी केलमोन्टले नान्टेसजविरुद्ध २–१ को जित निकाल्दा लिलेले लोरेन्टलाई ३–० ले स्तब्ध बनायो।