इराकको अमेरिकी महावाणिज्य दूतावास नजिक विस्फोट


माघ २, एजेन्सी । इराकको एर्बिलमा रहेको अमेरिकी महावाणिज्य दूतावास नजिक मंगलबार एकपछि अर्को गरी दर्जनौँ विस्फोटन भएका छन्। एबीसी न्यूजले अमेरिकी वाणिज्य दूतावासमा भएको आक्रमणको जिम्मेवारी इरानको रिभोलुसनरी गार्डले लिएको जनाएको छ।

रिभोलुसनरी गार्ड्सले जासूस मुख्यालय र इरानी विरोधी आतंकवादी गतिविधि गर्ने क्षेत्रका केही भागलाई ब्यालेस्टिक मिसाइलले निशाना बनाएको बताएको छ। एक इराकी सुरक्षा स्रोतले एबीसी न्यूजलाई दिएको जानकारी अनुसार बम विष्फोटमा चार जनाको मृत्यु भएको छ। यद्यपी यस बम विष्फोटमा कुनै अमेरिकी सेनालाई क्षति भने भएको छैन।

रिभोलुसनरी गार्डले इराकको एर्बिल एयरपोर्ट नजिकै तीन अमेरिकी ड्रोनलाई खसालेको छ। हमलापछि एर्बिल एयरपोर्ट बन्द गरिएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?