इरान–पाकिस्तान तनावः इरानी भूमीमा पाकिस्तानको आक्रमण, ७ जनाको मृत्यु


माघ ४, एजेन्सी । पाकिस्तानले इरानी भूमीमा जवाफी कारबाही गरेको छ। पाकिस्तानी वायुसेनाले आज इरानको सीमामा लुकेका आतंकवादी लक्षित आक्रमण गरेको हो। आक्रमणमा ७ जना इरानी आतंककारी मारिएको पाकिस्तानी विदेश मन्त्रालयले जनाएको छ।

बलुचिस्तानमा इरानले हवाई आक्रमण गरेपछि इरान–पाकिस्तान तनाव चर्किदै गएको छ। पाकिस्तानी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आज बिहान पाकिस्तानले इरानको सिस्तान (ओ) ब्लोचिस्तान प्रान्तमा आतंकवादी लुकेका ठाउँहरूमा सैन्य हमला गरेको जनाएको छ। यस कारबाहीमा धेरै आतंककारी मारिएको जनाएको छ।

अपरेसनलाई ‘मार्ग बार सरमचार’ नाम दिइएको थियो। मृत्यु हुनेमा तीन महिला र चार बालबालिका छन्। पाकिस्तानी हवाई हमलापछि इरानको सीमावर्ती गाउँहरूमा धेरै विस्फोटको आवाज सुनिएको थियो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?