प्रचण्ड नेतृत्वको सरकार तरकारीबारीको बुख्याचा जस्तो भयो : केपी ओली


माघ ४, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार तरकारी बारीमा राख्ने बुख्याचाजस्तो निकम्मा भएको आरोप लगाएका छन्। विहीबार नेपाल खेलकुद महासंघ केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सरकारनिकम्मा मात्रै होइन भ्रष्टाचार, तस्करी, कमिसनखोरी र त्यसको संरक्षक भएको आरोप लगाएका हुन्।

उनले भने, ‘सरकार तरकारी बारीको बुख्याचा जस्तो भयो। केही गर्न सकेन। अहिले त त्यसका टाउकामा सुगा–काग सबै बस्छन्। किनभने सबैले चिनिसके। सरकार बुख्याचा हो। केही गर्न सक्दैन् र सक्नेवाला छैन्। सरकार निकम्मा भयो। निकम्मा मात्रै भएको भए हुन्थ्यो तर भ्रष्टाचार, तस्करी, कमिशनखोरी र त्यसको संरक्षक भयो। त्यसैले हामीले मिसन ८४ पर्खिन नसक्ने अवस्था पनि आउन सक्छ।’

उनले गठबन्धन देशका लागि हानीकारक भएको भन्दै यसले देश र राष्ट्रियतालाई कमजोर पारिसकेको बताए।

उनले भने, ‘यीनिहरु (गठबन्धन) को घाँटी एकै ठाउँमा जोडिएको छ। एकै वंशका, एकै नश्लका र भ्रष्टचारी वंशका भए। गोत्र निकम्मा भयो। देशद्रोहीहरु सबै एकै खालका हुन्छन् र एकै स्थानमा बस्छन्। हामीले जनतासँग मिलेर देश जोगाउन आन्दोलनमा उत्रिनपर्ने र देश जोगाउनुपर्ने आवश्यकता छ। त्यो भन्दा हामीले आफूलाई सशक्त रुपमा संगठित गर्नुपर्छ।’

यस्तै, उनले खेलको प्रशंग जोड्दै खेल खेलाडीहरुको मात्रै नभइ शारीरिक स्वास्थको लागि अनिवार्य भएको बताए। खेलाडीहरु सबैभन्दा बढि अनुशासनमा बस्ने गरेको भएपनि अहिले समाजमा अनुशासन कम हुँदै गएको बताए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?