दिवंगत अभिनेता सुशान्तको अन्तिम फिल्म ‘दिल बेचारा’ को सिक्वेल बन्ने
माघ ६, मुम्बई । बलिउडका दिवंगत अभिनेता सुशान्त सिंह राजपूतको अन्तिम फिल्म ‘दिल बेचारा’को सिक्वेल बन्ने भएको छ। फिल्मका निर्देशक मुकेश छाबडाले एक ट्वीटमार्फत सिक्वेलको घोषणा गरेका हुन्।
‘दिल बेचारा २’ मुकेशले ट्वीट गरेका छन्। उनको यो ट्वीटपछि फिल्मको सिक्वेल बन्ने निश्चित भएको हो। सुशान्त र संजना सांघी स्टारर यो फिल्म कोरोना महामारीको समयमा ओटिटीमा जुलाई २०२० मा रिलिज भएको थियो।
सन् २०२० जुन १४ मा सुशान्तका निधन भएपछि यो फिल्म जुलाई २०२० मा रिलिज भएका थियो। ओटिटी प्लेटर्फममा यो फिल्मले दर्शक राम्रो पाएको थियो। यो फिल्म जसै डिज्नी प्लस हटस्टारमा रिलिज भयो, त्यो बेला ओटिटी क्र्यास भएको थियो।
प्लेटफर्मममा दर्शकको संख्या ह्वात्तै बढेपछि यसको रिलिजमा समस्या देखिएको थियो। यो फिल्म जोन ग्रीनका उपन्यास ‘द फल्ट इन आवर स्टार्स’मा आधारित छ। निर्देशक छाबडाले ‘दिल बेचारा २’मा कुन कलाकारले अभिनय गर्ने र कथा के हुनेछ भन्ने बारेमा केही मुख खोलेका छैनन्।