यू–१९ विश्वकप क्रिकेटमा आयरल्याण्ड र दक्षिण अफ्रिकाको विजयी सुरुआत
माघ ६, काठमाडौँ । आइसीसी यू–१९ विश्वकप क्रिकेटमा आयरल्याण्ड र दक्षिण अफ्रिकाको विजयी सुरुआत गरेका छन्। दक्षिण अफ्रिकामा शुक्रबारदेखि सुरु भएको क्रिकेटमा आयरल्याण्डले अमेरिकालाई र दक्षिण अफ्रिकाले वेस्टइन्डिज गर्दै सुःखद सुरुवात गरेका हुन्।
पहिलो खेलामा आयरल्याण्डले अमेरिकालाई ७ विकेटले पराजित गरेको हो। अमेरिकाले दिएको १०६ रनको सामान्य लक्ष्य आयरल्याण्डले २२.५ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो।
पहिला ब्याटिङ गरेको अमेरिकाले ४०.२ ओभरमा सवै विकेट गुमाएर जम्मा १०५ रन बनायो। अमेरिकाका लागि खुस भालाले सर्वाधिक नटआउट २२ रन बनाउँदा पर्थ पटेलले १३ रन बनाए। यसैगरी आमोग एरपलीले ११ रन बनाएका थिए।
अन्य खेलाडीले दोहोरो अंकमा रन बनाएनन् । अतिरिक्त १९ रन पाएको थियो। आयरल्याण्डका रुवेन विल्सन र ओलिभर रेलेले तीन तीन विकेट लिँदा जोन म्याकनेलीले २ विकेट लिए। १०६ रनको लक्ष्य पछ्याएको आयरल्याण्डलाई जिताउन रेयन हन्टरले ५० रनको नटआउट अर्धशतकीय पारि खेल्दा फिलिपस ले रुक्सले २३ रनको नटआउट पारि खेले। यसैग्री किन हिल्टन २३ रनमा आउट भएका थिए। अमेरिकाका आर्य गर्गले २ विकेट लिए। जितसँगै समूह एमा आयरल्याण्डले २ अंक बनाएको छ।
यस्तै शुक्रबार नै भएको दोस्रो खेलमा समूह बीमा रहेको दक्षिण अफ्रिकाले वेस्टइन्डिजलाई ३१ रनले पराजित गरेको छ।
वेस्ट इन्डिजले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपनि दक्षिण अफ्रिकाले ५० ओभरमा ९ विकेट गुमाएर २८५ नको बलियो स्कोर खडा गरेको थियो। दक्षिण अफ्रिकाका लागि डेभोन मराइसले सर्वाधिक ६५ रनको इनिङ खेले।
कप्तान जुआन जेम्सले ४७ रन, डेभिड टाइगरले ४४ र एल प्रिटोरियसले ४० रनको योगदान दिए। वेस्ट इन्डिजका लागि नाथन सीलीले सर्वाधिक ३ विकेट लिए। नाथन एडवर्ड्स र डिसन जेम्सले समान २–२ विकेट लिए।
लक्ष्य पछ्याएको वेस्ट इन्डिजको टोली ४०.१ ओभरमा २५४ रनमा सिमित भयो । वेस्ट इन्डिजका लागि ज्वेल एन्ड्रयुले उत्कृष्ट ब्याटिङ गर्दै शतक बनाए। उनले ९६ बलमा १४ चौका र तीन छक्का प्रहार गर्दै १३० रन बनाए। तर, अन्य कुनै पनि ब्याट्सम्यानले अर्धशतक पनि बनाउन सकेनन् र एकपछि अर्को गर्दै आउट भए जसका कारण टोली हारेको थियो। दक्षिण अफ्रिकाका लागि क्वेना माफाकाले सर्वाधिक ५ विकेट र रिले नोर्टनले ३ विकेट लिए।