इजरायली सेनाद्वारा सिरियाको एउटा भवनमा आक्रमण
माघ ६, एजेन्सी । इजरायली सेनाले सिरियाको एउटा भवनमा आक्रमण गरेको छ। इरानसँग सम्बन्धित नेताहरूको बैठक गरिएको आक्रमणमा पाँच जना मारिएको अन्तर्राट्रिय सञ्चार माध्यमले जनाएका छन्।
एएफपीका अनुसार, सिरियाको राजधानी दमास्कसमा इजरायली मिसाइलले चार तले भवनलाई निसाना बनाएर आक्रमण गरेको हो। जसमा पाँच जनाको मृत्यु भएको छ।
भवनमा इरानसँग सम्बन्धित नेताहरूको बैठक चलिरहेको थियो। यो इरानको इस्लामिक रिभोलुसनरी गार्ड र इरान समर्थक प्यालेस्टिनी समूहका नेताहरूको गढ मानिन्छ। इजरायलले दमास्कसको माजेह क्षेत्रमा रहेको आवासीय भवनलाई निसाना बनाएको समाचारमा उल्लेख गरिएको छ । माजेह क्षेत्रमा संयुक्त राष्ट्र संघको कार्यालय, दूतावास र रेस्टुरेन्टहरू छन्।