राष्ट्रिय सभा निर्वाचन : सुदूरपश्चिमका ३ सीटमा सत्ता गठबन्धन


माघ ११, काठमाडौं । राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिम प्रदेशमा गठबन्धनका तीनै जना उम्मेदवार निर्वाचित भएका छन्। महिलातर्फ माओवादीकी रेनु चन्द विजयी भइन् । उनले ४ हजार ४५३ मत पाइन्।

अपांगता भएकातर्फ कांग्रेसका नारायणदत्त भट्ट निर्वाचित भए । उनले ४ हजार ४१९ मत पाए। त्यस्तै अन्यतर्फ कांग्रेसकै बलदेव बोहरा विजयी भए। उनले ४ हजार ३४७ मत पाए।

प्रमुख प्रतिपक्षी दल एमालेले अन्यतर्फ ईश्वरी खरेल, महिलातर्फ सावित्री घिमिरे र अपांगतातर्फ रामचन्द्र जोशीलाई उठाएको थियो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?