दुई वर्षभित्र‘वामनेकपा’ सम्भव छ : महासचिव भुसाल


माघ १४, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले छरिएर रहेका कम्युनिष्ट र समाजवादी पार्टीहरुको एकता आवश्यक भएको बताएका छन्। सबै समाजवादी र वामपन्थी पार्टीलाई एकताबद्ध गर्ने प्रयास भइरहेको पनि बताए।

समाजवादमा विश्वास राख्ने र बामपन्थी दलहरुलाई एकता गराइ नेकपा समाजवादी बनाउन सकिने तर्क गरे। उनले त्यसका लागि नेकपा एसले बलियो संकल्पका साथ अघि बढे दुई वर्षभित्रमा देशले ‘बाम नेकपा’ पाउने बताए।

आइतबार नेकपा एसको केन्द्रीय परिषद्को दोस्रो बैठकमा बोल्दै महासचिव भुसालले नेकपा एसको सिद्धान्त,नीति र विचारमा स्पष्ट रहेको साथै सच्चा कम्युनिष्ट भएको उल्लेख मात्र गरेनन् छरिएर रहेका कम्युनिष्ट र समाजवादी पार्टीको एकताहुनुपर्नेमा जोड दिएकाहुन् ।

उनले भने, ‘आगामीदिनमाहामी सिद्धान्त र निष्ठापूर्वक एक ठाउँमा उभिन्छौ र अगाडि बढ्छौं । सिद्धान्त,राजनीति र परिचालनको लपेटमा देशका अरु समाजवादीवामपन्थीहरुलाईहामी एक ठाउँमा ल्याउँछौ । डेड–दुई वर्षमा मुलुकलाई एउटा बाम नेकपा दिन्छौं भन्ने संकल्पका साथअघि बढ्यौं भने निशन्देह हामीले त्यो पूरा गर्न सक्छौं ।’

भुसालले पार्टीको विधान देश र जनताभन्दामाथिहुनुपर्नेमा जोड दिए । साथै उनले पार्टीलाई एकताबद्ध गर्नलाई आन्तरिक जनवादआवश्यकहुने र त्यसकालागिसमय सापेक्ष प्रविधिको प्रयोग गर्दै आन्तरिक जनवादलाई वृद्धि गरी लोकतान्त्रिकहुनुपर्ने उल्लेख गरे ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?