पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्ष जेल सजाय


माघ १६, एजेन्सी । पाकिस्तानी अदालतले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्ष कैद फैसला सुनाएको छ। राज्यको गोपनीयतालाई सार्वजनिक गरेको आरोपमा उनलाई उक्त कैद फैसला भएको अलजजिराले उल्लेख गरेको छ।

पाकिस्तानी प्रतिपक्षी दल पीटीआईका नेता इमरान खानलाई अगामी चुनाव भन्दा एक हप्ता अगाडि यस्तो फैसला आएको हो। पाकिस्तानको आगामी चुनाव फेब्रुअरी ८ मा तोकिएको छ।

अलजजिराका अनुसार रावलपिण्डीको विशेष अदालतले उक्त सुनाएको फैसला अनुसार खानले अमेरिकाको लागि पाकिस्तानी राजदूतले पठाएको केबललाई गलत प्रयोग गरेको भन्दै १० वर्षको सजाय सुनाएको हो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?