अफ्रिका कप : माली र दक्षिण अफ्रिका क्वारटरफाइनलमा
माघ १७, काठमाडौं । अफ्रिका कप अफ नेसन्समा माली र दक्षिण अफ्रिकाले अन्तिम ८ मा स्थान पक्का गरेका छन्। मंगलबार राति भएको खेलमा मालीले बुर्किनाफासोलाई २–१ गोल अन्तरले पराजित गर्दा दक्षिण अफ्रिकाले मोरक्कोलाई २–० ले स्तब्ध बनाउँदै अन्तिम ८ मा स्थान पक्का गरेका हुन्।
मालीले बुर्किनाफासोलाई हराउँदा १ गोल उपहार पाएको थियो। तेस्रो मिनेटमै बुर्किनाफासोका एडमन्ड फेकल तपसोबाले आफ्नै पोस्टमा गोल गरेपछि मालीले अग्रता लिन सफल भयो। ४७ औं मिनेटमा लेसिन सिनायोकोले गोल गरेपछि माली २–० ले अघि बढेको थियो।
५७ औं मिनेटमा बुर्किना फासोका लागि बेट्रान्ड टारोएले पेनाल्टीमा गोल गर्दै अन्तर २–१ मा झारे पनि अन्तिम ८ मा पुग्न असफल भयो। अर्को खेलमा दक्षिण अफ्रिकाले मोरक्कोलाई २–० ले पराजित गर्न सफल भयो। इभिडेन्स माकगोपाले ५७ औं मिनेटमा गोल गर्दै दक्षिण अफ्रिकालाई अग्रता दिलाएका थिए।
८५ औं मिनेटमा मोरक्कोका असरफ हकिमीले पेनाल्टी मिस गर्दा खेल बराबरी गर्नेक्ष् मौका गुमायो।
दोस्रो हाफको अतिक्ति चौथो मिनेटमा सोफयान अमराबत दोहोरो पहेँलो कार्ड ९रातो० पाउँदै मैदान छाड्दा मोरक्को १० खेलाडीमा समेटियो। त्यसको १ मिनेटमै दक्षिण अफ्रिकाका टोबो मोकेनाले गोल गर्दै २–० को जितका साथ अन्तिम ८ मा स्थान सुरक्षित गराए।
मंगलबार रातिको खेलसँगै अफ्रिका कप अफ नेशसन्सको क्वाटरफाइनल समिकरण पनि पूरा भएको छ। शुक्रबार पहिला क्वाटरफाइनलमा नाइजेरिया र एंगोल भिड्ने छन् भने शनिबार कंगा र गुएना तथा माली र आइभरी कोस्ट आमने सामने हुने छ। शनिबार दक्षिण अफ्रिका र कावो भर्डेले प्रतिस्पार्धा गर्ने छन्।