रुसी शक्तिशाली लडाकु विमान एसयु–३४ क्षतिग्रस्त
माघ १७, एजेन्सी । रुसको सबैभन्दा शक्तिशाली विमान मानिने लडाकु बमवर्षक एसयु–३४ युक्रेनमा ध्वस्त भएको छ। यसलाई रुसले भोगेको सबैभन्दा ठूलो नोक्सानको रूपमा हेरिएको छ। यस सुपर सोनिक फाइटर जेटको मूल्य करिब ४२१ करोड ७५ लाख थियो। रुसी सेनाको लडाकु विमान एसयू–३४ रुसको यास्क सहरमा ९ तले भवनसँग ठोक्किएको थियो। दुर्घटना हुनुअघि दुवै पाइलट प्यारासुटमार्फत बाहिर निस्केका थिए।
एसयु ३४ रूसी वायुसेनाको सबैभन्दा बलियो लडाकु विमान मानिन्छ। दुई इन्जिन भएको यो सुपरसोनिक विमान जुनसुकै मौसममा पनि दुश्मनलाई आक्रमण गर्न सक्ने क्षमता राख्छ। यसमा दुई पाइलट सीटहरू छन्। यो लडाकु विमान रुसले सिरिया विरुद्धको युद्धमा पनि प्रयोग गरेको थियो। यो बमवर्षक विमानले युक्रेन विरुद्ध पनि महत्वपूर्ण भूमिका खेलेको थियो।
एक युक्रेनी अधिकारीले भने– हामीले मंगलबार राति लुहान्स्क क्षेत्रमा रुसको सबैभन्दा बलियो एसयू–३४ लाई खसालेका छौं। हाम्रा नायकहरूले धेरै राम्रो काम गरेका छन्। २४ फेब्रुअरी २०२२ मा सुरु भएको यस युद्धमा अहिलेसम्म ३३२ रुसी विमान ध्वस्त भएका छन्। जसमा एसयु ३५ फाइटर जेट र २ एमआइ ८ हेलिकप्टर छन्।
जुलाई २०२३ मा युक्रेनले रुसको किन्जल हाइपरसोनिक मिसाइल खसालेको दाबी गरेको थियो। युक्रेनी वायुसेनाका अनुसार उनीहरुले रुसको अत्याधुनिक हाइपरसोनिक मिसाइल ‘किन्झाल’लाई अमेरिकाको प्याट्रियट डिफेन्स सिस्टमसँग नष्ट गरेको थियो। वायुसेनाका प्रवक्ता युरी इहनातले भनेका थिए – रुसले अमेरिकाको प्याट्रियट मिसाइल प्रणाली पुरानो भएको र रुसको हतियार विश्वकै उत्कृष्ट रहेको भन्दै आएको थियो। अहिले ‘किञ्जल’ हावामा थुप्रिएको उनीहरुको मुखमा थप्पड हो।