मोदीका कारण भारतमै विवाह गर्दै रकुल र ज्याकी


माघ १७, मुम्बई । बलिउड अभिनेत्री रकुल प्रित सिंह र ज्याकी भगनानी चाँडै वैवाहिक जीवनमा बाँधिदैछन्। उनीहरुको दुई दिवसिय वैवाहिक समारोह गोवामा आयोजना हुँदैछ।

उनीहरुले विदेशमा वैवाहिक गन्तव्य बनाउने योजना बनाएका थिए। तर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीयलाई भारत भित्रै आफ्नो विवाह उत्सव आयोजना गर्न आव्हान गरेपछि रकुल र ज्याकीले भारतमै विवाह गर्ने निर्णय लिएका हुन्।

‘रकुल र ज्याकीले सुरुवातमा आफ्नो विवाह मध्यपूर्वमा गर्ने योजना बनाएका थिए। उनीहरुले यो योजना झण्डै ६ महिनाअघि नै बनाइसेको बताइन्छ। यद्यपि, गत डिसेम्बरमा भारतीय प्रधानमन्त्री मोेदीको नागरिकलाई विदेशमा हैन स्वदेशमै विवाह गर्न आव्हान गरेपछि रकुल र ज्याकीले आफ्नो योजनामा पुनर्विचार गरे र भारतमै विवाह गर्ने निर्णय लिए। उनीहरुले डिसेम्बरको मध्यमा यो निर्णय लिएका हुन्’, उनीहरु निकट स्रोतले भनेको छ।

गत वर्ष प्रधानमन्त्री मोदीले धनी र प्रभावशाली परिवारसँग आफ्नो जीवनका ठूला कार्यक्रम भारतमै गर्न आग्रह गरेका थिए। ‘सबै कुरा निश्चित भइसक्दा पनि रकुल र ज्याकीले देशप्रति आफ्नो प्रेम र देशको अर्थ व्यवस्थामा योगदान गर्ने इच्छाबाट प्रेरित भएर भारतमै विवाह गर्ने निर्णय लिएका हुन्’, स्रोतले भनेको छ।

रकुल गत वर्ष ‘छतरीवाला’ र ‘आई लभ यू’ नामक फिल्ममा देखिएकी थिइन् । उनी सन् २०२४ मा ‘मे औ मेरी पत्नी’को रिमेक र ‘इण्डियन २’ जस्ता फिल्ममा देखिँदैछिन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?