आइसिसी यु–१९ विश्वकप क्रिकेटः नेपालद्वारा बङ्गलादेशसामु १७० रनको लक्ष्य


माघ १७, काठमाडौँ । आइसिसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताको सुपर सिक्समा नेपालले बङ्गलादेशसामु जितका लागि एक सय ७० रनको लक्ष्य प्रस्तुत गरेको छ।

दक्षिण अफ्रिकामा नेपालले आज टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गर्याे। नेपालका लागि विशालविक्रम केसीले सर्वाधिक ४८ रन बनाए। उनी अद्र्धशतक बनाउनबाट मात्र दुई रनले चुके। केसीले एक सय बल खेल्दै ६ चौका प्रहार गरे। यस्तै कप्तान देव खनालले ३५, सुवाश भण्डारीले अविजित १८ तथा अर्जुन कुमालले १४ रन बनाए।

बलिङतर्फ बङ्गलादेशका लागि रोहानत दोउल्लाह बोर्सनले चार, शेख प्रवेज जिवनले तीन तथा इकबाल हुसेन इमोन, मरुफ मृधा र जिशान आलमले एक एक विकेट लिए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?