व्यवसायी चौधरी र थापालाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
माघ १८, काठमाडौँ । बाँसबारीको सरकारी जग्गा हडपेको आरोपमा व्यवसायी अरूण चौधरी र छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष अजित नारायणसिंह थापा लाई ४ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।
सरकारी वकिलको कार्यालय हुँदै काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएका चौधरीलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई अनुमति दिएको हो।
बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा घोटाला प्रकरणमा निजहरूलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ।