एमाले संसदीय दलको बैठक शनिबार
माघ १९, काठमाडौं । नेकपा एमालेले शनिबारदेखि संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुवै दिन बस्ने सचेतक महेश बर्तौलाले जानकारी दिए। उनका अनुसार बैठक संसद भवनको ल्होत्से हलमा बस्नेछ।
आगामी सोमबारदेखि बस्ने संसद्को हिउँदे अधिवेशनका विषयमा छलफल गर्न एमालेले दलको बैठक बोलाएको हो। अधिवेशनको तयारीका विषयमा अन्य दलहरूले पनि दलको बैठक राखेका छन्।