जापान पठाइदिन्छु भन्दै २ लाख ठग्ने भट्टराई पक्राउ
माघ १९, काठमाडौँ । जापान पठाइदिन्छु भन्दै २ लाख रूपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा गोरखा पालुङटार नगरपालिका–१ घर भएका ३० वर्षीय भरत भट्टराई छन्। उनलाई प्रहरीले सामाखुशीबाट बुधबार दिउँसो पक्राउ गरेको हो।
भरतले १ जनालाई वैदेशिक रोजगारीका लागि जापान पठाई होटलमा मासिक १ लाख ७० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक(पटक गरी उक्त रकम ठगी गरेको प्रहरीमा उजुरी परेको थियो।
उक्त उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। पक्राउ परेका भट्टराईलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।