आहारारा पोखरा गोल्डकप : उपाधिका लागि थ्रीस्टार र आर्मी प्रतिस्पर्धा गर्दै


माघ २०, काठमाडौं । पोखरामा जारी आहारारा पोखरा गोल्डकपको उपाधिका लागि आज विभागीय टोली त्रिभुवन आर्मी र थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुने भएको छ। २३औं संस्करणको अन्तिम खेल आज दिउँसो २ बजे पोखरा रंगशालामा सुरु हुनेछ।

थ्रीस्टार क्लब सेमिफाइनलमा जावलाखेल युथ क्लबलाई १–०र विभागीय टिम नेपाल आमीर्ले सेमिफाइनलमा चर्च ब्वाइजलाई २–१ ले पराजित गरेर फाइनल पुगेका थिए।

उपाधि चुम्ने दौडमा रहेका दुवै टोली यसअघिको आहारारामा २०७५ सालमा सँगै भिडेका थिए। उक्त खेलमा आर्मीलाई ट्राइबे्रकरमा ५–४ ले रोक्दै थ्रीस्टारले उपाधि चुमेको थियो। त्यसयता आहाराराको फाइनलसम्म पुग्न नसकेकादुवै टिम२३औं संस्करणको उपाधि भिडन्तमा छन् ।

आहाराराको इतिहासमा थ्रीस्टार ६ पटक सहभागी हुँदा ५ पटक आहाराराको उपाधि जित्ने टिम हो । १५ औं खेलमा सहभागिता जनाएको नेपाल आर्मीले भने उपाधि चुम्न सकेको छैन । यसअघि ४ पटक फाइनल पुगेर पनि आर्मी उपविजेतामै सीमित बन्नुपरेको थियो।

आहारारामा मनाङमर्स्याङ्दी र नेपाल पुलिस क्लबल सर्वाधिक ६-६ पटकका उपाधि विजेता टोली हुन्। आजको खेलमाथ्रीस्टार उपाधि जितेर मनाङमर्स्याङ्दी र नेपाल पुलिस क्लबलसँगै हुन चाहान्छ। यता आर्मीपनि आफ्नो उपाधि हारको यात्रालाई रोक्न चाहान्छ। यी दुवै टोलीबीचको खेल रोचक हुने दर्शकको अपेक्षा छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?