राजतन्त्र चाहनेहरु चुनावी मैदानमा आउनुहोस : माधव नेपाल
माघ २०, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राजतन्त्रको कुनै औचित्यता नभएको बताएका छन्। एकीकृत प्रगतीशिल प्राध्यापक संगठनले शनिबार ललितपुरमा आयोजना गरेको ‘नेपालमा उच्च शिक्षाः हालका प्रचलन र उदीयमान चुनौतिहरु’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले राजतन्त्रको बारेमा कुरा उठाउनु भनेको असान्दर्भिक भएको बताए ।राजतन्त्र चाहिन्छ भन्नेहरुलाई प्रधानमन्त्री नै बन्ने चाहना हो भने चुनावको मैदानमा आउन आग्रह गरे।
उनले भने, ‘राजतन्त्र फेरि फर्काउने चाहना हो भने यो कतापी सम्भव छैन्। त्यसले केही पार लाग्दैन्। कुनै कोणबाट हेर्दा पनि राजतन्त्रको औचित्यता पुष्टि गर्न सकिदैँन् ।राजतन्त्रको बारेमा कुरा उठाउनु भनेको असान्दर्भिक कुरा हो। यदि शासन प्रणाली ठिक तरिकाले चलेको छैन भने नेता भएर आए हुन्छ। जनताकाबिचमा भिजे हुन्छ। चुनाव जितेर राम्रो प्रधानमन्त्रीको विकल्प दिए हुन्छ।’
उनलेदेशमा निराशाजनक परिस्थिती र चर्को व्यक्तिवाद हावी भएको भन्दै यसलाई चिर्नको लागि हरेक नागरिकलेइमान्दार भएर आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताए।
उनले भने, ‘हामीसँग गैरजिम्मेवार प्रवृत्ति बढ्दो छ। आफ्नो हित बाहेक समाज र राष्ट्रको हितको कुनै चिन्ता छैन्। यति चर्को व्यक्तिवाद हावी भएको छ कि त्यसको कुनै जवाफ छैन्। यदि प्रत्येकले इमान्दार भएर आफ्नो जिम्मेवारी पूरा गर्ने हो भने हुन नसक्ने केही छैन्। अहिले हाम्रो देशको परिस्थिती निराशजनक छ। यसलाई चिर्नको लागि हामीले नै प्रयास गर्ने हो । अरु कसैले गरेर हुदैंन्, गर्न सक्दैँन्। प्रत्येक व्यक्तिले आफ्नो तहमा सोच्नुपर्छ । विकल्पको बारेमा सोचेका हौ तर पाएनौं । त्यस कारण अब विकल्प हामीले दिने हो।’