प्रधानमन्त्री कप क्रिकेटको उपाधी नेपाल पुलिसले जित्यो, फाइनलमा आर्मी पराजित


माघ २०, काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले हराउँदै उपाधी जितेको छ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आर्मीले जीतका लागि प्रस्तुत गरेको १ सय ८२ रनको लक्ष्य पुलिस क्लबले मात्र ३७।५ ओभरमा मात्र ४ विकेटको क्षतिमा भेट्टायो।

पुलिसका लागि शंकर रानाले सर्वाधिक ६२ रनको योगदान दिए । त्यस्तै अर्जुन साउदले ३६ रन, अमित श्रेष्ठले २८ रन तथा आरिफ शेखले २७ रन बनाए ।
यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको आर्मीले ४९।५ ओभरमा सबै विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो।

आर्मीका लागि विवेक यादवले सर्वाधिक ६३ रनको योगदान दिए त्यस्तै, ।सोमपाल सोमपाल कामीले ३९, इमरान शेखले २८, र कुशल मल्लले १७ रन हिर्काए।

पुलिसका लागि ललित राजवंशी र दीपेन्द्र सिंह ऐरीले ३–३ विकेट लिए। त्यस्तै, सागर ढकाल, करण केसी र कुशल भुर्तेलले एक–एक विकेट लिए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?