एमाले संसदीय दलको बैठक आज पनि बस्दै


माघ २१, काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक आज पनि बस्दैछ। सोमबारदेखि बोलाइएको हिउँदे अधिवेशनको तयारीबारे छलफल गर्न एमालेले संसदीय दलको बैठक राखेको हो।

शनिबारदेखि बसेको बैठकमा हिउँदे अधिवेशनमा कस्ता मुद्धाहरू उठाउने भन्ने विषयमा छलफल चलिरहेको सचेतक महेश बर्तौलाले जानकारी दिए।

उनका अनुसार अबको संसद् कसरी प्रभावकारी बनाउने, सदनमा पार्टीका सांसदले कस्तो भूमिका निर्वाह गर्ने भन्नेलगायतका विविध विषयमा सांसदहरूबीच छलफल भइरहेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?