स्पेनिस लालिगा फुटबल : बार्सिलोनासँग आल्भेज पराजित
माघ २१, काठमाडौं । स्पेनिस लालिगा फुटबलअन्तर्गत शनिबार रातिको खेलमा बार्सिलोनाले आल्भेजलाई पराजित गरेको छ। लिग तालिकामा तेश्रो स्थानमा रहेको बार्सिलोनाले १२ औँ स्थानमा रहेको आल्भेजलाई ३–१ गोलअन्तरले पराजित गरेको हो।
बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्की, गुनडोगान र भिटोर रोकीले एक–एक गोल गरेका थिए भने आल्भेजका लागि सामु ओमोरोडीओनले एक गोल फर्काए।
खेलमा बार्सिलोनाका भिटोर रोकीले दोहोरो पहेलो कार्ड पाएपछि खेलको ७२ औँ मिनेटमा मैदान छोडे। १० खेलाडीमा सीमित भएको बार्सिलोनाले त्यहीकारण खेलमा कुनै क्षति भने बेहोर्नुपरेन।
यो जितपछि बार्सिलोना २३ खेलबाट ५० अंकसहित लिगमा तेस्रो स्थानमा उक्लिएको छ । आल्भेजले भने २३ खेलमा २६ अंक रहेको छ र लिगमा १२ औँ स्थानमा छ।