प्रतिनिधिसभामा आज दलका नेताले सम्बोधन गर्ने


माघ २४, काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ। बैठक आज बिहान ११ बजेका लागि डाकिएको छ। आजको बैठकमा दलीय आधारमा नेताहरुले मन्तव्य राख्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ। हिउँदे अधिवेशनको सोमबारदेखि बैठक सुरु भए पनि पहिलो दिन नेताहरूले भनाइ राखेका थिएनन्।

आजको बैठकमा सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी ऐनलाई संशोधन गर्ने विधेयक दफावार छलफलसहित पारित गर्ने कार्यसूचीमा रहेको छ।

यस्तै, संघीय संसदको राष्ट्रिय सभाको बैठक पनि आजै बस्दै छ। बैठक संसद भवन नयाँबानेश्वरमा दिउँसो ११ बजेर १ मिनेटमा बस्नेगरी बोलाइएको छ।
बैठकमा राष्ट्रिय सभा नियमावली २०७५ को संशोधन मस्यौदा समितिको प्रतिवेदन २०८० छलफलका लागि प्रस्तुत गरिने छ।

यस्तै, अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यायधेश २०८० लाई स्वीकृतिका लागि राष्ट्रिय सभालाई प्रस्ताव गर्ने कार्यसूचीमा उल्लेख छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?