समाजवादीका नेता श्रेष्ठद्वय एमालेमा फर्किए, ओलीले गरे स्वागत


फागुन १, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पाटी (एकीकृत समाजवादी) का पोलिट्ब्युरो सदस्य प्रतापलाल श्रेष्ठ र केन्द्रीय कमिटी सदस्य शङ्करनारायण श्रेष्ठलाई आज नेकपा एमालेमा प्रवेश गराएका छन्।

अध्यक्ष ओलीले फेरि आफ्नै घर फर्किएर बुद्धिमत्तापूर्ण निर्णय गरेको भन्दै उनीहरुलाई धन्यवाद पनि दिए। “तपाईंहरु त्यहाँ बसिरहेको भए आफ्नो र पार्टीमा खासै प्रगति हुँदैनथ्यो तर देशका लागि अहित पनि हुँदै जान्थ्यो”, ओलीले भने।

पुरानो पार्टीमा फर्केका नेताद्वयले आत्मालोचना गर्दै अब नेकपा एमालेको सङ्गठन विस्तारमा दत्तचित्त भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?