चलचित्र ‘रङ्गेली’ले‘मिम च्यालेञ्ज’ गर्ने


फागुन ४, काठमाडौं । फागुन २५ गते महाशिवरात्रिको दिन रिलिज हुने नेपाली चलचित्र ‘रङ्गेली’ले ‘मिम च्यालेञ्ज’ घोषणा गरेको छ। यसमा विजेताले नगद, स्मार्टफोन र प्रिमियर पास प्राप्त गर्नेछन्।

च्यालेञ्जमा सहभागी हुन युट्युबमा रहेका चलचित्र ‘रङ्गेली’का टिजर र गीतहरूबाट स्क्रिनसट निकाली ‘मिम’ तयार गरी सोसल मिडियामा पोस्ट गर्नुपर्नेछ। यो च्यालेञ्ज विश्वका जुनसुकै स्थानबाट लिन सकिनेछ। जुनसुकै सोसल मिडियामा मिम पोस्ट गर्दा ह्यासट्याग किवर्डहरू प्रयोग गरेको हुनुपर्नेछ।

विजेता छान्दा चलचित्र टिमले सृजनसिलता र मिमले प्राप्त गरेको लाइक, शेयर र कमेन्टको संख्यालाई आधार मान्ने कार्यकारी निर्माता जीतेन्द्र खतिवडाले बताए। खतिवडाका अनुसार उत्कृष्ट मिम बनाउनेले नगद दश हजार रुपैंयाँ र युमिडिजीको स्मार्टफोन प्राप्त गर्नेछन्। त्यस्तै, दश जनाले चलचित्र ‘रङ्गेली’को प्रिमियर शो को पास प्राप्त गर्नेछन्।

‘रङ्गेली’लाई अर्जुन सुवेदीले लेखन तथा निर्देशन गरेका छन्। यसमा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतको प्रमुख भूमिका रहेको छ। चलचित्रका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुजजङ्ग थापा हुन्। निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई बशिष्ठ हुन् भने युवक कार्की र शिव शंकर चौलागाईँ सह–निर्माता हुन्। विवेक खड्का (योलो) एशोसियट निर्माता हुन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?