गठबन्धनमा रहेका राउतले गरे सरकार र गठबन्धनको आलोचना


फागुन १०, काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले गठबन्धनको बैठकसत्ताटिकाउने तर्फमात्रै केन्द्रीत रहेको बताएका छन्। विहीबार प्रतिनिधि सभाको बैठकमा उनले आफू गठबन्धनको बैठकहरुमा जाँदा कतै पनि जनताको मुद्दाहरुमा छलफल नभएको बताए । उनले गठबन्धन टिकाउनमा मात्र नेताहरुले तयारी गर्ने गरेको उल्लेख गरे।

उनले भने, ‘म पनि गठबन्धनमा नै छु तर विगतका बैठकहरुमा जाँदा कतै पनि जनताको मुद्दाहरुमा छलफल नै भईरहेको छैन् । सबैलाई सत्ता र गठबन्धन टिकाउन चिन्ता छ । कसरी टिक्ने र विरोधीलाई कसरी समाप्त पार्ने भन्नेतर्फ मात्रै ध्यान गएको देखिन्छ ।’शासकहरुमा त्रासको वातावरण बनेको भन्दै चारैतिरबाट सत्ता ढाल्छन् कि भन्ने चिन्ता मात्र रहेको उल्लेख गरे ।

उनले भने, ‘अहिले शासकहरुमा त्रासको वातावरण बनेको छ । कसैले धोती मात्र लगाए पनि षड्यन्त्र देख्छ । मधेश प्रदेशको शिक्षामन्त्रीले प्रमुख अतिथिलाई फूल दिन जाँदा पनि गठबन्धन भत्काउन लागेको होकीभनेर लाठीचार्ज गर्ने आदेश आउँछ । सबैलाई सत्ता ढल्छ कि भन्ने चिन्ता छ ।’

अध्यक्ष राउतले देशमा चरम निराशा बढेको, सरकार र दलहरुप्रति उदाशिनता देखिएको, देशका हरेक अंगहरु असफल दिशातर्फ गएको भन्दै चिन्ता ब्यक्त गरे । न्यायपालिकाबाट न्याय पाउने आशा नरहेको उल्लेख गर्दै उनले संवैधानिक निकायहरु सरकारको निर्देशन मान्न मात्र व्यस्त रहेको बताए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?