नेपाली जुनियर ब्याडमिन्टन टोलीको बिदाइ


फागुन ११, काठमाडौं । पाकिस्तानको इस्लामाबादमा मार्च ३ देखि ७ तारिखसम्म हुने दक्षिण एसियाली रिजनल यु–१५ तथा यु–१७ जुनियर ब्याडमिन्टन प्रतियोगितामा सहभागि हुने नेपाली ब्याडमिन्टन टोलीको बिदाइ गरिएको छ।

ब्याडमिन्टनका विभिन्न कार्यक्रममा सहभागी हुने १० खेलाडीसहित १७ सदस्यीय टोलीको एक समारोहका बिच शुक्रबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बिदाइ गरे।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले टोलीलाई सफलताको शुभकामना दिदै शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे। यु–१७ टोली शनिबार पाकिस्तान जाने छ। यु–१७ को पुरुष खेलाडीमा कविर केसी, सुविन श्रेष्ठ र अमन डंगोल तथा महिलामा समृद्धि श्रेष्ठ र आस्ना श्रेष्ठले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । प्रतिस्पर्धाअघि खेलाडीले पाकिस्तानमै हुने प्रशिक्षण शिविरमा सहभागी हुने छन्।

यु–१५ टोली फेब्रुअरी २ तारिखमा पाकिस्तान पुग्ने छ। पुरुष खेलाडीमा रिजन मगर, सुदेश राजकोटी र सदिप राई रहेका छन्। महिलामा रिहाना शेरचन र निभा राई छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?