मधेसको विकास नभइकन देशको विकास हुन्न : प्रधानमन्त्री प्रचण्ड


फागुन १२, धनुषा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसको विकास नभइकन देशको विकास नहुने बताएका छन्। सिराहा नगरपालिका–१३ मल्हनीया र जनकनन्दिनी गाउँपालिका–६ कठाल जोड्ने गरी निर्माण गरिएको झोलुंगे पुलको उद्घाटन गर्दै आफू मधेसको विकासकाम लागि आफू निरन्तर लागिपर्ने बताएका हुन्।

तराईमा सिँचाइ विस्तार गरी र उत्पादकत्व बृद्धि गर्न सरकारले सहयोग गर्ने विश्वास दिलाउँदै प्रधानमन्त्रीले आफूले संघीयता कार्यान्वयनलाई विशेष ध्यान दिएको बताए।

उनले भने, ‘अब सङ्घीयता सबलरुपमा कार्यान्वयन हुन्छ। केही दिनभित्रै प्रदेश प्रहरी ऐन, शिक्षा ऐन र कर्मचारीसम्बन्धी कार्यान्वयनमा आउनेछ।’ प्रधानमन्त्री प्रचण्डले तीन तहको सरकारको सहकार्यबाट यस्ता निर्माणले संघीयतालाई सबल तुल्याउने प्रचण्डको विश्वास थियो।

नेपालको भूगोलअनुसार झोलुंगे पूलको महत्व रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले देशका विभिन्न स्थानमा झोलुंगे पूलको निर्माणमा प्राथमिकता दिइँदै आएको उल्लेख गरे। नेपालकै सबैभन्दा लामो यस पुलको लम्बाइ एक हजार पाँच सय दशमलव ४४ मिटर रहेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?