इलाम र बझाङमा वैशाख १५ गते उपनिर्वाचन


फागुन १३, काठमाडौँ । निर्वाचन आयोगले सरकारको परामर्शमा प्रतिनिधिसभामा रिक्त रहेको इलाम क्षेत्र नं २ र बझाङको प्रदेशसभा सदस्य (क) को उपनिर्वाचन आगामी वैशाख ५ गते हुने जनाएको छ।

प्रतिनिधिसभामा इलाम २ बाट निर्वाचित सुवासचन्द्र नेम्वाङ र बझाडको प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएकाले रिक्त रहेको थियो। निर्वाचन कानुनबमोजिम बाँकी कार्यकालका लागि उपनिर्वाचनको मिति तोकिएको आयोगका सहायक प्रवक्ता थानेश्वर भुसालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

उपनिर्वाचनको मिति तोकिएसँगै आयोगले मतदाता नामावली दर्ता हाललाई स्थगन गरेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?