कालापानी जेलमा २० मिनेट पनि टिकेनन् रणदीप
फागुन १४, मुम्बई । भारतका क्रान्तिकारी, स्वतन्त्रता सेनानी र राजनेता विनायक दामादर सावरकर उर्फ स्वातन्त्र्य वीर सावरकरको आज पुण्यतिथी हो। यो अवसर पारेर अभिनेता रणदीप हुड्डाले भावुक हुँदै उनीप्रति श्रद्धाञ्जली दिएका छन्।
उनले सामाजिक सञ्जालमा एक भावुक पोस्ट शेयर गरेका छन् । ‘आज भारतका सबैभन्दा महान सपुतमध्ये एकको पुण्यतिथी हो। जो नेता, निडर स्वतन्त्र सेनानी, लेखक, दार्शनिक र दुरदर्शी छन्। स्वातन्त्र्यवीर सावरकर एक यस्ता व्यक्ति हुन्, जसको प्रचण्ड बुद्धि र साहसले अंग्रेजहरुलाई यति डराइदिए कि उनले दुई जन्म (५० वर्ष)का लागि कालापानीको यो ७ बाई ११ फूटको जेलमा बन्द गरियो’, उनले उक्त जेलमा बसेको तस्वीर पोस्ट गर्दै लेखेका छन्।
रणदीप वीर सावरकरको बायोपिकमा अभिनय गर्दैछन्। फिल्ममा उनले सावरकरकै भूमिका निर्वाह गरेका छन्। उनले यो भूमिका निभाउनका लागि निकै मेहनत गरेका छन्। सावरकरको जीवनलाई नजिकबाट बुझ्नका लागि उनी कालापानी जेलमा पनि बसेका थिए।
‘उनका बायोपिकको रेकीका समयमा मैले आफैं यो कोठरीका भित्र बन्द हुने कोशिस गरें, ताकि उनी कसरी यहाँ बसे भन्ने महशुस गर्न सकुँ। म २० मिनेट पनि त्यहाँ टिक्न सकिनँ। जहाँ उनलाई ११ वर्षसम्म एकान्त कारावासमा बन्द गरिएको थियो।