भरतपुरलाई अन्तर्राष्ट्रिय पर्यटकको गन्तव्य बनाउन सकिन्छ’


फागुन १८, काठमाडौं । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले भरतपुर महानगरपालिकालाई नेपालभित्र मात्र होइन अन्तर्राष्ट्रिय पर्यटकहरुको गन्तव्य बनाउन सकिने बताएका छन्।

भरतपुर भ्रमण वर्ष २०२४ को शुक्रबार नारायणगढस्थित नारायणी नदी किनारमा आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले भने, ‘साइबेरियन चराहरुको थलो, वनस्पतिको विविधताले भरिएको यो ठाउँ देशको तेस्रो गन्तव्य थलोको रुपमा अगाडि बढाउने संकल्प गर्नुभएको छ। यो चितवन जिल्ला सबै हिसाबले महत्वपूर्ण जिल्ला हो। यो जिल्लालाई अन्तर्राष्ट्रिय पर्यटकहरुको गन्तव्य बनाउन सकिन्छ।’

भरतपुर महानगरपालिकाले गरेका अनुकरणीय कामहरुलाई अरु महानगरहरुले पनि आत्मसात गरेर अगाडि बढ्नुपर्ने उनले बताए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?