ओस्कार अवार्ड ज्येष्ठ फिल्मकर्मी विशेष बन्दै


फागुन २०, लसएन्जल्स । यही मार्च १० मा आयोजना हुन गइरहेको ‘९६ औं ओस्कार अवार्ड’ ज्येष्ठ फिल्मकर्मीका लागि विशेष बन्दैछ। किनकी यसपटकको मनोनयनमा कयौं ज्येष्ठ फिल्मकर्मी मनोनयनमा परेका छन्। जसमा ७० वर्षदेखि ८० वर्ष र यो भन्दा पनि बढी उमेरका फिल्मकर्मी छन्।

यही कारणले पनि यो ओस्कारलाई ज्येष्ठ फिल्म निर्माताहरुको ‘स्वर्णिम युग’ भनिएको छ। राजनीतिमा वृद्धावस्थालाई एक दायित्वका रुपमा सम्झिएर बहस गरिन्छ। तर ओस्कार अवार्ड भने ज्येष्ठ फिल्मकर्मीका लागि एक सुनौलो अवसरका रुपमा हेरिएको छ।

उमेरको कुरा गर्दा अग्रपंक्तिमा ८३ वर्षका हयाओ मियाजाकी पर्छन्। ‘विश्वलाई तपाईं आफ्नो उमेरका कारण रिटायर्ड हुन लाग्नुभएको छ। फेरि फर्किनुहुन्छ भनेर बताइरहनुको खराब अरु केही छैन,’उनले केही वर्षअघि भनेका थिए।

मियाजाकी ‘सर्वश्रेष्ठ फिल्म’का लागि मनोनयनमा पर्ने सर्वाधिक उमेरका निर्देशक हुन्। यदी उनले मार्च १० मा ओस्कार अवार्ड जिते भने, उनी त्यस्तो विजेता बन्नेछन्, जो दर्शकभन्दा पनि धेरै उमेरका विजेता हुनेछन्।

ओस्कारमा ८६ वर्षका रिडले स्कट भिजुअल इफेक्ट र प्रोडक्सन डिजाइन विधाको मनोनयनमा छन्। ८१ वर्षका माइकल मानको फिल्म ‘फरारी’ रिलिज भएको थियो। तर उनको फिल्म मनोनयनमा परेन। ७८ वर्षका विम वेन्डर्सले आफ्नो फिल्म ‘परफेक्ट डेज’लाई सर्वश्रेष्ठ अन्तर्राष्ट्रिय फिल्मका लागि प्रदर्शन गरेका छन्।

फिल्म निर्माता मार्टिन स्कोर्सेसी ८१ वर्षका छन्। उनी आफ्नो फिल्म ‘किलर्स अफ द फ्लावर मून’का लागि ‘वेस्ट निर्देशक’को विधामा मनोनित भएका छन्। ‘म हरेक कुराका लागि उत्सुक छु। मलाई लाग्छ कि हाम्रो उत्सुकता त्यो चिज हो, जुन हामीलाई राम्रो कुरा पाउन प्रेरित गर्छ। यस्तो कुरामा जिज्ञासा पनि बन्छ। जब तपाईं केही काम गर्नुहुन्छ, तब त्यो राम्रो गर्नका लागि प्रयास गर्नुहुन्छ। त्यसकारण यो कुरामा पनि मेरो उत्सुकता बनिरहन्छ,’उनले भनेका छन्।

यद्यपि फिल्म निर्माताको एउटा पुस्ता यस्तो पनि छ कि उनीहरुलाई लाग्छ फिल्म त्यो बेलासम्म बनाउनु, जबसम्म त्यो राम्रो हुन्छ । नराम्रो फिल्म नबनाउनु भन्ने उनीहरुको सोच हुन्छ। ९० को दशकका ६० वर्षे निर्देशक क्वेन्टिन टारनटिनो आफ्नो १० औं फिल्म अन्तिम फिचर फिल्म हुने बताउँछन्।

‘म आफ्नो फिल्मलाई नराम्रो फिल्मसँग कमजोर बनाउन चाहन्नँ। मेरो काम मनोरञ्जन गराउनु हो र चाहन्छु कि मेरा दर्शक मबाट अझ राम्रा फिल्म हेर्न चाहुन्। साथै हामी प्रतिफलका लागि काम गर्दैनौं,’क्वेन्टिनले भनेका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?