कानून समितिको बैठक स्थगित


फागुन २१, काठमाडौं । सत्ता पक्ष र प्रतिपक्ष दलका सांसदहरु विकसित राजनीतिक परिस्थितिप्रति आन्तरिक छलफलमा व्यस्त भएपछि कानुन समितिको बैठक स्थगित भएको छ।

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगसम्बन्धी विधेयकको संशोधन प्रतिवेदनको मस्यौदालाई अन्तिमरुप दिनका लागिआज बिहान ७ः४५ बजे समितिको बैठक बोलाइएको थियो। तर, बैठकमा सहभागी हुन चार जना मात्रै समिति सदस्य उपस्थित भए।

नेपाली कांग्रेसका जीवन परियार, सुशिला थिङ, सुनिल शर्मा, एमालेकी प्रतिक्षा तिवारी लगायतका समिति सदस्यहरु बैठक कक्षमा पुगेपनि अन्य सहभागी नभएपछि बैठक दुई घण्टापछि स्थगित भयो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?