गठबन्धनबारे नागरिक उन्मुक्ति पार्टी पनि छलफलमा
फागुन २२, काठमाडौं । सत्ता समीकरण फेरिएपछि नागरिक उन्मुक्ति पार्टी पनि आन्तरिक छलफलमा जुटेको छ। समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न अध्यक्ष रेशमलाल चौधरीले आकस्मिकरुपमा केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन्।
बैठक विहान १० बजे काठमाडौंमा बस्नेछ। बद्लिएको राजनीतिक समीकरणपछि आगामी राजनीतिक कदम तय गर्न पार्टीका पदाधिकारी, प्रदेश र संघका सबै सांसदहरूलाई छलफलमा बोलाएको छ।
‘बदलिएको राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाएका छौँ। पार्टीको निणर्य अनुसार अगाडि बढ्छौँ,’ सो पार्टीका महासचिव गंगाराम चौधरीले भने, ‘पार्टीको हितमा भए सरकारमा जान्छौँ। नभए बाहिर बस्छौँ।’