स्थगित नेविसंघ बैठक फागुन २७ गतेलाई तोकियो


फागुन २३, काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) को केन्द्रीय समिति बैठक फागुन २७ गतेलाई तोकिएको छ। मंगलबार विहान नेविसंघ प्रवक्ता विजय खड्काले एक विज्ञप्ति जारी गर्दै पछिल्लो राजनीतिक परिवर्तन र आन्तरिक छलफलका कारण बैठक २७ गतेलाई तय गरिएको जानकारी दिए।

बैठक फागुन २७ गते विहान त्रिभुवन विश्वविद्यालय किर्तिपुरको स्मृति हलमा आयोजना गरिने विज्ञप्तिमा भनिएको छ। यसअघि फागुन १५ गतेलाई तोकिएको बैठक संस्थापन र इतर पक्षविच मतभेत हुँदा स्थगित गरिएको थियो।

अध्यक्ष दुजाङ शेर्पाको संयोजकत्वमा बनेको तदर्थ समिति विस्तारको सात महिनापछि ऐतिहासिक बैठक बस्नेगरी भब्य तयारी गरेको थियो। तर विवादकाविच शेर्वाको अगुवाइमा फागुन १६ गते बैठक बसेको भएपनि इतर पक्षका केन्द्रीय सदस्यहरु सहभागी भएका थिएनन्।

शेखर–गगन समूहले भने पाँचबुँदे निर्णय गर्दै केन्द्रीय तदर्थ कार्यसमितिका समानान्तर बैठक सम्पन्न गरेको थियो। असन्तुष्ट पक्षले शेर्पाले दुई वर्षको अवधिमा सहयात्रीहरूसँग समन्वय नगरेको, एकलौटी कार्यशैली देखाएको कार्यसम्पादन र पार्टीको नीति निर्देशन अनुसार काम नगरेको लगायतका आरोप लगाएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?