नवगठित मन्त्रिपरिषदको पहिलो बैठक बस्यो, सरकारको प्रवक्तामा मन्त्री शर्मालाई निरन्तरता दिने निर्णय
फागुन २४, काठमाडौं । सरकारले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई नेपाल सरकारको प्रवक्तामा निरन्तरता दिने भएको छ। बिहीबार सिंहदरबारमा बसेको नवगठित मन्त्रिपरिषदको बैठकले मन्त्री रेखा शर्मालाई नेपाल सरकारको प्रवक्ता तोक्ने निर्णय गरेको हा ।
साथै संयुक्त राष्ट्रसंघको कमिसन अन द स्ट्याटस अफ वमेन (सीएसडब्लु)को ६८ औं सत्रमा भाग लिन महिला, बालबालिका तथाज्येष्ठ नागरिकमन्त्रीलाईस्वीकृति दिने पनि निर्णय भएको प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
उनले भनिन्, ‘संयुक्त राष्ट्रसंघको कमिसन अन द स्ट्याटस अफ वमेन (सीएसडब्लु)को ६८ औं सत्रमा भाग लिन माननीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीलाई स्वीकृति दिने।’