‘गठबन्धन परिवर्तन भएपछि नेपाली कांग्रेसमा निकै ठुलो बेचैनी र आक्रोस देखिएको छ’


फागुन २४, काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले गठबन्धन परिवर्तन भएपछि नेपाली कांग्रेसमा निकै ठुलो छटपटीर बेचैनी र आक्रोस देखिएको बताएका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा उनले, गठबन्धन परिवर्तन भएपछि नेपाली कांग्रेसमा निकै ठुलो छटपटीर बेचैनीर आक्रोस देखिएको भन्दै ०८४ को निर्वाचनमा यस्तै परिदृश्य नदोहोरिने दाबी गरे।

‘यो परिवर्तन कांग्रेसलाई कति गहिरो पीडा रहेछ कति गहिरो घाउ लागेको रहेछ। भन्ने कुरा रमेश लेखक ज्युले सँगसँगै अभिव्यक्त गर्नुभयो। यो तहको पीडा, छटपटी, बेचैनी, आक्रोस व्यक्त गर्न आवश्यक थिएन भन्ने लाग्छ।’ उनले भने, ‘संवैधानिक प्रबन्ध अन्तर्गत कहिल्यै पनि कुनै पनि दलले बहुमत ल्याउन सक्दैनन् भन्ने लाग्दैन्। सक्छौं हेर्दै जानु भए हुन्छ ८४ को निर्वाचनमा यस्तै यस्तै परिदृश्य दोहोरिने छैनन्। त्यति सहज छैन्। साच्चीनै जनताको नयाँ आशा जगाउन सक्ने विश्वास जित्न सक्ने दलहरुले मात्र बहुमत आर्जन गर्न सक्ने प्रबन्ध छ तर बहुमत ल्याउन सक्दैनन् भन्ने छैन्।’

उनले बहुमत प्राप्त गर्न सकेन भने दलहरु मिलेर सरकार निर्माण र सञ्चालन गर्ने संविधानले नै प्रबन्धरहेको भन्दै यसमाकुनै आपत्ति जनाउनु पर्ने विषय नरहेको बताए ।

उनले भने, ‘कुनै दलले बहुमत प्राप्त गर्न सकेन भने संविधानले नै प्रबन्ध गरेको छ। दलहरुकाबिचमा सहकार्य हुन्छ दलहरु मिलेर सरकार निर्माण गर्छन्। दलहरुका मिलेर सरकार निर्माण र सञ्चालन गर्न सक्छन् भने परिवर्तन गर्न सक्छन् कि सक्दैनन् ? त्यो बाटो हामीले हिड्न पाउँछौं कि पाउँदैनौं। कि त गठबन्धन बनाउन पाइन्छ तर नेपाली कांग्रेससँग मात्र भनेर लेख्नु पर्याे नि संविधानमा।’

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?