ओस्कार अवार्डका ६ विवाद


फागुन २८, लसएन्जल्स । ९६ औं संस्करणको ओस्कार अवार्ड नेपाली समयअनुसार सोमबार बिहान सम्पन्न हुँदैछ। यसपटकको ओस्कारको दाबेदार को होला भन्ने चर्चा भइरहँदा यो विश्वप्रतिष्ठित अवार्डमा भएका विवाद पनि आम मानिसलाई उत्तिकै चासोको विषय बनिरहन्छ। यहाँ ओस्कार अवार्डमा भएका ६ विवादलाई प्रस्तुत गरिएको छ।

मार्लन ब्रैडोद्वारा अवार्ड अस्वीकार
अभिनेता मार्लन ब्रैडोले सन् १९७३ मा फिल्म ‘द गडफादर’का लागि ‘बेस्ट एक्टर’ अवार्ड पाएका थिए। यद्यपि अभिनेताले यो अवार्ड लिन अस्वीकार गरे। उनको स्थानमा नेटिभ अमेरिक अभियन्ता सेचिन लिट्लफेदर अवार्ड लिन पुगेका थिए। सेचिनले मार्लन हलिउडमा नेटिभ अमेरिकनको इमेज देखाउँदा खुशी नभएका कारण उनी अवार्ड लिन नआएको बताएका थिए।

एन्जेलिनाको चुम्बन विवाद
सन् २००० को ओस्कार अवार्डका समयमा एक चुम्बनले ठूलो विवाद सिर्जना गरेको थियो। खासगरी अवार्डको समयमा अभिनेत्री एन्जेलिना जोलीले फिल्म ‘गर्ल एन्ट्रप्टेड’का लागि ‘बेस्ट सपोर्टिङ एक्ट्रेस’को अवार्ड जितेकी थिइन्। अवार्ड अघि जोलीले आफ्नो भाईलाई रेड कार्पेटमा लिप किस गरेकी थिइन्। जसकारण यो विषयले ठूलो विवाद सिर्जना गरेको थियो।

‘ला ला ल्याण्ड’को गल्तीले ओस्कार घोषणामा विवाद
सन् २०१७ मा ओस्कार अवार्डका समयमा एक ठूलो विवाद भएका थियो। अवार्ड कार्यक्रमका दौरान गल्तीले ‘बेस्ट पिक्चर’का लागि फिल्म ‘ला ला ल्याण्ड’को नाम घोषणा गरिएको थियो। यसपछि गल्ती सुधार्नका लागि प्रस्तोताको हातमा गलत निर्णय पुगेको भनियो। उनीहरुले अर्को निर्णय सुनाउँदै फिल्म ‘मूनलाइट’लाई अवार्ड दिइयो।

मञ्चमा थप्पड, अभिनेत्रीले उतारिन कपडा
सन् २०२२ को ओस्कार अवार्डको समयमा अभिनेता विल स्मिथले होस्ट क्रिस रकलाई थप्पडले हिर्काएका थिए। स्मिथ पत्नीमाथि होस्ट क्रिसले मजाक गरेपछि रिसाएका थिए। त्यसपछि उनी स्टेजमै पुगेर क्रिसलाई थप्पड हिर्काएका थिए। यो घटना त्यो वर्ष सर्वाधिक चर्चामा आयो।

सन् २०२१ मा हलिउडकी फ्रेञ्च अभिनेत्री कारिन मासेरियोले स्टेजमा लुगा उतारेर सबैलाई चकित बनाएकी थिइन्। जब कारिन अवार्ड दिनका लागि मञ्चमा पुगिन्, उनले फ्रान्सेली सरकारको विरोध गर्दै कपडा उतारिन्। उनको शरीरमा विभिन्न नारा लेखिएको थियो।

अमेरिकी राष्ट्रपतिका लागि आपत्तिजनक कुरा
एक पटक त पूर्व अमेरिकी राष्ट्रपति जर्ज बुशको बारेमा आपत्तिजनक मन्तव्य नै दिइयो । यो घटना सन् २००३ को हो। जब मूरे चेस्टिसेस फिल्म ‘बलिङ फर कालम्बाइन’का लागि अवार्ड लिन मञ्चमा पुगे, तब उनले त्यहाँ तत्कालीन अमेरिकी राष्ट्रपति बुशमाथि आपत्तिजनक र अपमानजनक शब्द प्रहार गरे।

जोन ट्रावोल्टाले इदीना मेन्जेलको नाम गलत उच्चारण
अभिनेता जोन ट्रावोल्टा मेन्जेलले ओस्कारमा मनोनित (पछि विजेता) गति ‘लेट इट गो’ को घोषणा गरे, तर उनले एक नाम गलत उच्चारण गरे। उनले ‘एडेल डेजीमु’ भने, जुन एक यस्तो भुल थियो। यो घटनापछि उनी पूर्ण रुपमा विवादको सिकार बने।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?