राष्ट्रिय सभाका अध्यक्ष दाहालद्धारा शपथ ग्रहण
फागुन २९, काठमाडौं । राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष नारायण दाहालले शपथ लिएका छन्। राष्ट्रपति भवन शितल निवासम आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले दाहाललाई शपथ गराएक राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ।
मंगलबार राष्ट्रिय सभामा भएको मतदानमा दाहालको पक्षमा ३९ र विपक्षमा १७ मत परेको छ। मतदानमा ५६ जना सांसद उपस्थित थिए।
दाहाल सत्तारुढ दलहरुको तर्फबाट उम्मेदवार थिए। उनलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले समर्थन गरेका थिए।