९६७ विद्यार्थी अधिवक्ताको लिखित परीक्षामा उत्तीर्ण
फागुन ३०, काठमाडौं । विभिन्न विश्वविद्यालयबाट ९४५ जना र खुल्ला विश्वविद्यालयबाट २२ गरी ९६७ विद्यार्थीले अधिवक्ताको लिखित परीक्षा उत्तीर्ण गरेका छन्। अब उनीहरुले मौखिक परीक्षा पनि उत्तीर्ण गर्नुपर्नेछ।
नेपाल बार काउन्सिलले लिएको ३१ औं अधिवक्ताको लाइसेन्ससम्बन्धी परीक्षामा ९ सय ४५ जना उत्तीर्ण भएका हुन्। उनीहरुको मौखिक परीक्षा चैत २ गते हुने काउन्सिलले जनाएको छ।
त्यस्तै नेपाल खुला विश्वविद्यालयबाट कानूनमा स्नातक (एलएलबी)का लागि कुल ७५ परीक्षार्थीमध्ये थोरै संख्यामा अर्थात २२ जनाले मात्रै लिखित परीक्षा उत्तीर्ण गरेका हुन्। उनीहरुका लागि चैत १४ गते अन्तरवार्ताको मिति तय गरिएको छ। अन्तरवार्तामा उत्तिर्ण भए औपचारिकरुपमा उनीहरु अधिवक्ता बन्नेछन्।
नेपाल कानून व्यवसायी परिषद (बार काउन्सिल) ले हरेक वर्ष अधिवक्ताको लाइसेन्सका लागि परीक्षा लिने गरेको छ। लिखित र मौखिक परीक्षा उतीर्ण गर्ने परीक्षार्थीहरुले अधिवक्ताको लाइसेन्स पाउँछन्।