भारतमा लोकसभा निर्वाचन १९ अप्रिलदेखि हुने


चैत ३, नयाँदिल्ली । भारतमा आउँदो अप्रिल १९ तारिखदेखि लोकसभाको निर्वाचन हुने भएको छ। भारतको निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त राजीव कुमारले लोकसभाको निर्वाचन मिति घोषणा गरेका हुन्।

आयुक्त राजीव कुमारका अनुसार निर्वाचन सात चरणमा हुनेछ। ५ सय ४३ सिटका लागि सात चरणमा मतदान हुनेछ। पहिलो चरणको मतदान अप्रिल १९ र अन्तिम चरणको मतदान जुन १ मा हुनेछ।

नतिजा जुन ४ मा सार्वजनिक हुने छ। भोटिङदेखि नतिजा आउन ४६ दिन लाग्नेछ। लोकसभासँगै ४ राज्य आन्ध्र प्रदेश, ओडिशा, अरुणाचल प्रदेश र सिक्किमको विधानसभा चुनावको मिति पनि सार्वजनिक भएको गरिएको छ।

भारतको आउँदो चुनावमा ९७ करोड मतदाताले मतदान गर्ने छन्। १० लाख ५० हजार मतदान केन्द्र हुनेछन्। यसैगरी यसपटक ५५ लाख ईभीएम प्रयोग हुनेछन्।

प्रमुख निर्वाचन आयुक्तले हिमालयदेखि समुन्द्र र मरुभूमिदेखि वर्षा उत्तरपूर्वीसम्मका बुथमा समान सुविधा हुने बताए। ८५ वर्षभन्दा माथिका सबै मतदाता वा अपाङ्गता भएका मतदातालाई घरमै बसेर मतदान गर्नका लागि फारम पठाइनेछ। जब तिनीहरू बुथमा आउँछन्, आयोग स्वयंसेवकहरूले तिनीहरूलाई सहयोग गर्नेछन्।

निर्वाचनमा वुथमा पर्चा पमप्लेटहरु प्रयोग गर्न पाइने छैन्। मतदातालाई उम्मेदवारको बारेमा एपमार्फत जानकारी गराइने छ। यसैगरी चुनावी काममा करार कर्मचारी वा स्वयंसेवक खटाइने छैन।

लोकसभाको निर्वाचनमार्फत वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी नै फेरि सत्तामा आउने प्रयासमा छन् भने कांग्रेस आइ लगायतले अहिलेसम्म प्रधानमन्त्रीको रुपमा कसैलाई पनि अघि सारेका छैनन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?