एमाले मधेश प्रदेश सरकारमा सहभागी, सरोज यादवले लिए भौतिक पूर्वाधार मन्त्रीको शपथ
चैत ५, काठमाडौं । नेकपा (एमाले) मधेश प्रदेशको सरकारमा सहभागी भएका छ। एमाले मधेश प्रदेशका संसदीय दलका नेता सरोज कुमार यादवले मधेश प्रदेश भौतिक पूर्वाधार मन्त्रीको शपथ ग्रहण गरेका छन्। सोमबार उनलाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी छन्।
मुख्यमन्त्री सरोजकुमार यादवले नेपाली कांग्रेसका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादवलाई बर्खास्त गरी एमालेका यादवलाई मन्त्री नियुक्त गरेका हुन् ।